शब्दमा आत्मा भर्न सक्ने काव्य-सरिताका बेजोड प्रवाह हुन्, कवि गुलजार | तीव्र अनुभूति, सघन चिन्तन, तीक्ष्ण अवलोकन, जिब्रोमै झुन्डिने मिठास र सूक्ष्म कथन… गुलजारका कवितालाई प्रभावशाली र बेजोड बनाउने तत्त्व सायद यिनै हुन् । आममान्छे र तिनका दैनन्दिन जिन्दगीका आयामहरू – दुःख र सुख, मुस्कान र रोदन, तेज र तमस, आशा र निराशा आदि-इत्यादि-उनको काव्यकारिताका विषयवस्तु हुन् । यिनै विषयलाई उनले आफ्ना सिर्जनामा आत्मीय र सरल ढङ्गले यसरी अभिव्यक्त गर्छन् कि ती प्रत्येकको साझा अनुभूति बनिदिन्छन् । साधारण शब्दको असाधारण प्रयोग गर्न माहिर गुलजारका कविताको केन्द्रमा भने प्रेम बसिरहेको हुन्छ । तर त्यो प्रेम केवल प्रणयको सुकोमल भावना मात्र होइन, सम्बन्धप्रतिको समर्पण, स्मृतिप्रतिको मोह र जीवनका प्रत्येक क्षणप्रतिको सम्मान हो । उनले प्रेमलाई कहिल्यै बोझिलो वा अमूर्त बनाउँदैनन् । बरू त्यसबाटै गहिरो सौन्दर्य निकाल्छन्, जसले पाठकलाई हुरूक्कै बनाउँछन् ।
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540












Reviews
There are no reviews yet.