कवितामार्फत साहित्यिक पाइला चालेकी मनिषा गौचनको पहिलो उपन्यास थियो- वल्लीको डायरी । महिला लेखकले निःसङ्कोच पुरुष वेश्यावृत्तिका बारेमा लेखेको त्यो उपन्यास प्रशंसित भयो पनि । नवीनतम उपन्यास ह्वाइट केनमा भने उनले एक जन्मजात दृष्टिविहीन पात्रको प्रेम र जीवन अनि सङ्घर्षलाई खोतलेकी छन् । उपन्यासमा हवाइट केन त उसको ‘आइडेन्टिटी कार्ड जस्तो मात्र लाग्छ । उसको जीवनमा एकपछि अर्की महिला असली ह्वाइट केन बनेर आएका छन् । वाकिङ स्टिक जस्तै चम्किलो छ उसको व्यक्तित्व । ह्वाइट केन उसको मुक्त जीवनको चिहन भएको छ । स्वतन्त्र, स्वावलम्बी र सक्षम यो पात्रले दृष्टिविहीनप्रतिको सामाजिक दृष्टिकोणमा प्रश्न उठाएको छ । उपन्यासमा मनिषाले शिष्ट भाषामा नारी र पुरुषका बहुआयामिक सम्बन्धको परख गरेकी छन् । गद्य साहित्यमा उनले आफैलाई लिएको एउटा परीक्षा पनि हो- ह्वाइट केन । भिजुअल इफेक्टबिनै पनि उपन्यास लेख्ने साहस उनले गरेकी छन् । यो उपन्यास आद्योपान्त पठनीय र रूचिकर छ ।
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540













Reviews
There are no reviews yet.