Swatantrata ra Samantako Nirantar Yatra By Meena Acharya

 775.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Meena Acharya
  • Genre : Memories
  • ISBN13: 9789937775649
Description

डा. मीना आचार्य विगत पाँच दशकदेखि नेपालको विकास, अर्थतन्त्र, लैङ्गिक सम्बन्ध, श्रम बजार र महिलाको श्रमको मूल्य, राजनीति, गरिबी र योजना जस्ता विषयमा अनुसन्धानरत अर्थशास्त्री हुनुहुन्छ । डा. आचार्यको यो आत्मकथाले तत्कालीन नेपालको सामाजिक, राजनीतिक, शैक्षिक लगायत समग्र परिवेशबारे बुझाउँछ । साथै, एक स्वतन्त्र एवं स्वावलम्बी महिलाका रूपमा बाँच्न उहाँले परिवार, समाज र राज्यसँग गर्नुपरेको सङ्घर्षगाथाबाट धेरै कुरा सिक्न सकिन्छ | – विद्यादेवी भण्डारी, पूर्व राष्ट्रपति आत्मकथा कथा हुँदैन, लेखकको जीवनको गीत हुन्छ, समाजको जीवनको झलक हुन्छ, लेखकले भोगे अनुसारको बदलिँदो समयको परिचय हुन्छ । चिन्ता हुन्छ, आशा हुन्छ, खुशी हुन्छ, सङ्घर्ष हुन्छ, सफलता हुन्छ, असफलता हुन्छ । सबभन्दा ठूलो कुरा सन्देश हुन्छ । एउटा जीवनीले अर्को जीवनीलाई अझ सुन्दर, सुखी, सार्थक, स्वतन्त्र र न्यायपूर्ण बनाउन प्रेरित गर्नुपर्छ । यो पुस्तकले त्यही गर्छ । त्यसबाहेक हरेक पुस्ताले र हरेक मानिसले सुख, शान्ति र समृद्धिको परिभाषा आफैँ खोज्नुपर्छ र आफैँले लागू गर्नुपर्छ भन्नेबारे मीना आफैँ एक उदाहरण हुन् भन्ने कुरा यो पुस्तक पढ्ने जो कोहीले पनि बुझ्न सक्छ ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Swatantrata ra Samantako Nirantar Yatra By Meena Acharya”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Swatantrata ra Samantako Nirantar Yatra  By Meena Acharya
Swatantrata ra Samantako Nirantar Yatra By Meena Acharya
 775.00 Add to cart