Priya Sufi by Subin Bhattarai

 448.00

In Stock
Highlights:
  • Language: Nepali
  • Binding:Paperback
  • Pblisher: Fineprint
  • Edition: 1st 2018
  • ISBN: 9789937665599
  • Page: 317
Description
“प्रिय लेखक ! युवा हुनु, साहित्यप्रति रूचि हुनु तर सुबिन भट्टराई नपढेको हुनु; यो सम्भव छैन । हामी धेरैको प्रिय लेखकको नाम हो, सुबिन । मैले तपाईंका सबै पुस्तक मन लगाएर पढेकी छु । “वाह”, “आहा”, “ओहो”, “क्या छ”; यस्ता अनेक प्रतिक्रिया दिएकी छु । भेट भएको छैन । भेट्न चाहन्नँ पनि । मेरो प्रिय लेखकले म प्रिय पाठक (तपाईंले यसै भन्नुभएको थियो) लाई प्रिय सुफी पढ्न दिनुभयो । म औधी खुसी भएँ । पढेर म अहिलेसम्म पनि रूँदारूँदै हाँसिरहेकी छु । तपाईंका अघिल्ला पुस्तक पढेका वा नपढेका जोसुकैलाई पनि यो उपन्यास एउटा फरक, अनौठो र मज्जाको लाग्नेछ । तपाईंको कथा, शैली, बिम्बात्मक र प्रतीकात्मक भाषा, प्रेमको अपूर्व फ्रेम; वाह ! कति सुन्दर, कति आकर्षक, कति रोमाञ्चक ! लेख्न जाने हाम्रै नेपाली भाषामा पनि यति मीठो लेख्न सकिँदो रहेछ । अङ्ग्रेजी भाषाका नयाँपुराना धेरै उपन्यास पढेकी मैले तपाईकै कारण नेपाली उपन्यास पढ्न थालेकी हुँ । प्रिय लेखक ! प्रिय सुफी पढेपछि म एउटा अनौठो जोस र जाँगरले उत्ताउलिएकी छु । वाह ! ममा यो कस्तो उत्साह !” – प्रिय पाठक
Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Priya Sufi by Subin Bhattarai”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Priya Sufi by Subin Bhattarai
Priya Sufi by Subin Bhattarai
 448.00 Add to cart