Meri Didi By Anbika Giri

 250.00

In Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Anbika Giri
  • Genre : Children Story
Description

बालबालिका र किशोर-किशोरीहरूका लागि पौष्टिक आहार जति चाहिन्छ, त्यति नै चाहिन्छ- असल पढ्ने सामग्री । खानाले उनीहरूको शरीरको विकास गर्छ भने असल पुस्तकले उनीहरूको ज्ञान र चरित्रको विकास गर्छ । तर हामीकहाँ किशोरकिशोरीका लागि असल साहित्यको असाध्यै कमी छ । स्कुलमा पढाइने पुस्तकबाहेक अतिरिक्त पाठ्यसामग्रीको ज्यादै अभाव छ । यही कमी महसुस गर्दै आन्विका गिरी लिखित आख्यान मेरी दिदी प्रस्तुत छ ।  यो आख्यान पढ्दा मलाई आफ्नै जीवनकहानी पढेजस्तो अनुभूति भयो । मेरो पनि एक दिदी हुनुहुन्छ, मभन्दा २० महिना जेठी । मलाई गाउँमा भर्खरै खुलेको स्कुलमा पढ्न पठाइयो तर दिदीलाई पठाइएन । १३ वर्षको उमेरमै दिदीको बिहा भयो । मलाई नरमाइलो लाग्यो तर त्यतिबेला मैले दिदीलाई किन नपढाएको होला भन्ने बुझिनँ । सानैमा किन बिहे गरिदिएको होला भन्ने पनि बुझिनँ । मेरी बहिनी पनि छन्, मभन्दा नौ वर्ष कान्छी । अलि ठूलो भएपछि, पढेपछि मैले कुरा बुझे । त्यसैले घरमा सल्लाह गरेर बहिनीलाई स्कुल हुँदै कलेजसम्म पढाइयो । अहिले दिदी गाउँमा दुःखजिलो गरेर बस्नुभएको छ । बहिनी सहरमा पढाएर सुखसँग बस्छिन् । मेरी दिदी हाम्रा किशोर-किशोरीहरूका निम्ति एउटा गतिलो र गुनिलो खुराकका रूपमा आएको छ । यसले सानैदेखि हाम्रा छोराछोरीलाई असल नागरिक बनाउन मद्दत गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Meri Didi By Anbika Giri”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close
Meri Didi By Anbika Giri
Meri Didi By Anbika Giri
 250.00 Add to cart