एक आदिम गाउँको झन्डै सात सय वर्ष पुरानो इतिहास चिहाउने सानदार आख्यान हो, हिउँको गीत । तमूहरूको अन्तिम संयुक्त राज्य क्होला कसरी विघटित भयो ? यसमा एक सिकारीले पहिलो पटक बन्दुक भित्र्याएपछि राज्यमा निम्तिएको मानसिक उथलपुथल र त्रासदीलाई चुम्बकीय भाषा र काव्यिक शिल्पका साथ आख्यानीकरण गरिएको छ । हिउँमा बाँचिरहेका मानिसका भोक, कष्ट, प्रेम अनि कुण्ठामार्फत् तीर्थ गुरुङले प्रकृतिको लयमा लय मिलाउंदै विकसित एउटा सभ्यताको कथा लेखेका छन् । समाज, संस्कृति, राजनीति, मिथक र बस्ती विस्तारका बहुआयाम समेटिएको हिउँको गीत जादुयी यथार्थले भरिएको विशिष्ट आख्यान हो ।
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540













Reviews
There are no reviews yet.