Samajbaadko Yatra By Damber Khatiwada

 395.00

Out of Stock
Highlights:
  • Language : Nepali
  • Publisher : Sangrila Books
  • Author : Damber Khatiwada
  • Genre : Nepali politics
  • ISBN13: 9789937708180
Description

पूर्वी युरोप, रूसदेखि समग्र मङ्गोल भूमि र चीनसम्म, पश्चिम युरोपदेखि पूर्वी एसियासम्म, ल्याटिन अमेरिकादेखि दक्षिण एसियासम्म बिरलै त्यस्ता समाज, राष्ट्र वा राजनीतिक एकाई होलान्, जहाँ समाजवाद एउटा ठूलो उद्वेलनको विषय कहिल्यै बनेन । बितेका तीन शताब्दीमा समाजवाद सबै सभ्यताका लागि आत्ममोहको विषय थियो । अहिले २१औं शताब्दीमा समाजवादका सम्भावना र चुनौती, भवितव्य र गन्तव्यबारे बहस उत्तिकै जीवन्त छ । नेपालले भर्खरै आफूलाई संविधानमै समाजवादउन्मुख’ राज्य घोषणा गरेको छ । यस पुस्तकले समाजवादको यात्रा, यात्राका दुःखद र सुखद पक्षलाई उत्तिकै मोहक ढङ्गले तुन्ने, बुन्ने र भन्ने प्रयास गर्दछ । समाजवादी राजनीतिक विचार र व्यवहारलाई आख्यानात्मक शैलीमा लेखकले प्रस्तुत गरेका छन् । कतै विचार-मन्थन गरेजस्तो, कतै दार्शनिक बहसमा उत्रेजस्तो, कतै इतिहासका कथा बुनेजस्तो, कतै लेखकका निजी भाव र अनुभूति व्यक्त भएजस्तो यस पुस्तकको शैलीले निक्कै फरक पठनको अवसर सृजना गर्दछ । “क्रिटिकल मास’, क्रिएटिभ डिस्ट्रक्सन’ र भाइब्रान्ट डेमोक्रेसीलाई आफनो विश्लेषणको आधारचिन्तन मान्दै आएका खतिवडाको यो पुस्तक नेपालको राजनीतिमाथि एउटा स्वतन्त्र विमर्श हो ।

Reviews (0)

Reviews

There are no reviews yet.

Be the first to review “Samajbaadko Yatra By Damber Khatiwada”

Your email address will not be published. Required fields are marked *

Scroll To Top
Close
Close