-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540
Description
लू नयनराज पाण्डेको पाँचौं उपन्यास हो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यानकृतिमा यस युगको क्रूरता र संवेदना मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृतिमा उजागर भएको छ । यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ । लू नेपालको दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख-कथा हो।
Reviews
There are no reviews yet.