छवि वैरागी घिमिरे सशक्त छन्दकवि एवम् आख्यानकार हुन् । रेडियो सञ्चारकर्मीका रूपमा एक दशक काम गरिसकेका घिमिरे हाल एक वर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्ववायी भूमिकामा छन् । साधकका रूपमा समेत परिचित उनका वर्जन हाराहारीमै विभिन्न साहित्यिक कृति प्रकाशित छन् । उनको पछिल्लो कृति किनारीकृत माइली चम्पू खण्डकाव्य चर्चित छ । विविशारा उनको दोस्रो उपन्यास हो । कुनै-कुनै कथाव्यथा भोग्नेलाई मात्र होइन, देखने-सुन्नेलाई पनि सहन गाहो हुन्छ । यो नियतिको प्रहारले मरणासन्न बनेको निर्दोष भुइँमान्छेको त्यस्तै कथा हो, जसमाथि नियतिभन्दा ठूलो प्रहार मान्छेबाट हुन्छ । अझ भनौं, दैवीप्रकोप, बालश्रम, यौनशोषण र सामाजिक विभेदको मुक्का खाएर ढल्दा पनि सङ्घर्षको राँको बोकेर हिँडिरहेको हिम्मतिलो विपनको कथा हो । संसारमा अलौकिक प्रेम अझै मरेको छैन; विश्वास गर्न सकियो भने त्योभन्दा मजबूत अर्को खुसीको जीवन पनि छ भन्ने विषयलाई उपन्यासले आफ्नो मूल कथ्य बनाएको छ । यो घटनाभित्रको घटना पनि हो । उपन्यास पढिरहँदा लाग्छ— जीवन मात्र एक्लो छ । यहाँ यस्ता पात्रहरूको कोलाज छ, जो कोही नभएर अनाथ त छन् नै, सबथोक भएर अनाथ बनिरहेका पनि यहीं छन् ।
-
Publisher: Fine Print
-
Language: Nepali
-
Cover: Paperback
-
Pages: 251 Pages
-
Genre: Fiction
-
Author: Nayan Raj Pandey
-
ISBN: 9789937746540



























Reviews
There are no reviews yet.